arrow

धापमा भासिएर पोथी गैँडाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
chitwan-rhino.jpg

नवलपुर (नवलपरासी)। कावासोती–१५ को गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिकै धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार, आज बिहान पानी खान गएको गैँडा दलदलमा फसेर ज्यान गुमाएको हो।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरले गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिएका छन्।

पछिल्लो राष्ट्रिय गैँडा गणना (सन् २०२१) अनुसार, नेपालमा जम्मा ७५२ गैँडा छन्, जसमध्ये ६९४ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ