सुटकेस शव प्रकरण : पक्राउ परेका पासवान अस्पताल भर्ना
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
558
Shares
रौतहट । रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो ।
प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका-६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए ।
उनका अनुसार आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि प्रहरीले रुबीको शवलाई ई-रिक्सामा राखी उक्त सडक खण्डसम्म पुर्याएको आरोपमा रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ ।
गत शनिबार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा पासवानको नै मुख्य संलग्नताको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
पक्राउ परेका पासवानले आफ्ना हातमा माइ हर्ट रुवी कुमारी लेखी टैटू बनाएको र छातीमा समेत रुबिको फोटोसहितको टैटू बनाएको पाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।