arrow

फिस्लिङबाट बिहानै ट्रक त्रिशुलीमा चिप्लियो

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
accident-final.jpeg
चितवन । पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीतर्फ खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ । 
 
ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेतिरको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ दारेचोक गाविस–९ मा पर्दछ । 
 
यसैबीच, सडक हिलो भएपछि भरतपुर उपमहानगरपालिका–१ भतेरी जङ्गलमा शनिबार बिहान ४ः३० बजेबाट सवारी आवागमनमा समस्या हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । 
 
प्रहरीका अनुसार निर्माणाधीन सडकमा रातो माटोका कारण सवारीसाधन चिप्लिएपछि आवतजावतमा समस्या भएको हो । 
 
फाट्टफुट्ट सवारीसाधन कटेको भए पनि दुवैतर्फ ठूलो सङ्ख्यामा सवारीको लाम लागेको छ । मालबाहक ट्रक र बस डोजरको सहायताले कटाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ