काठमाडौँ । संघीय संसदअन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ ।
आइतबार प्रतिनिधि सभाअन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने भएको छ ।
यस्तै बिहान ८ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने भएको छ ।