arrow

म कुलमानलाई एक दुई वर्ष अघिदेखि नै हेर्दै थिएँ : प्रचण्ड

टुडिखेलबाटै स्यावासी

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
PM-TAMANG-LOSHAR.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टुडिखेलबाट स्यावासी दिएका छन् । सोनाम ल्होसारको अवसर पारी तामाङ घेदुङले काडमाडौंको टुडिखेलमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले ल्होसारको शुभकामना दिएपछि सबै जात जाती र भाषा भाषीलाई जातीय क्षेत्री पहिचान दिलाउने आश्वासन दिँदै कुरा कुलमान कहाँ ल्याए ।

उनले भने, ‘यहाँ धेरै कुरा भन्दा पनि मलाई गर्भ छ । मैले दोस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि नेपालमा विद्युतिकरणको आवश्यकता महशुस गरे । पहिले तत्काल त लोडसेडिङमुक्त देश बनाउने आवश्यकता । त्यसपछि विद्युतिकरणद्वारा देशमा नै रोजगारी सिर्जना गर्ने र लाखौं युवाहरुलाई विदेशबाट स्वदेश ल्याउने पहिलो आधार विद्युतिकरण नै हो भन्ठाने ।’

दाहालले बीचैमा अंग्रेजी घुसाउँदै भने, ‘इलेक्ट्रिफिकेशनबाट मात्र त्यो सम्भव छ ।’ दाहालले कुरा कुलमानतिरै सोझ्याए । र, भने, ‘यो क्षेत्रमा इमान्दारीका साथ काम गर्न सक्ने एउटा विशिष्ट प्रतिभाको रुपमा मैले कुलमानलाई एक दुई वर्ष अगाडि देखि नै हेर्दै थिएँ र म मौकाको खोजीमा थिएँ ।’ ताली बज्यो परर । सीठ्ठी फुक्नेको पनि कमि रहेन ।

दाहालले कुलमानकै कुरा गर्दै गए । म प्रधानमन्त्री हुने वित्तिकै उहाँलाई विद्युत प्राधिकरणको जिम्मा दिँदा साच्चिकै गर्वको महशुस भएको छ, स्यावादी दिँदै दाहालले भने, ‘कुलमान जीलाई विशेष धन्यवाद दिन चाहन्छु  ।’ यद्यपि, प्रधानमन्त्रीले धन्यवाद त्यतिबेलै दिएको कि पछि दिन्छु भने । भाषा बारे आफै जानुन् । उहाँले साच्चि नै क्षमताको प्रदर्शन गर्नु भएको छ, प्रधानमन्त्री दाहालले स्वावासीपछि पनि कुलमानकाे प्रशंसा गरे ।

कुलमानलाई ल्याएको जस लिँदै प्रधानमन्त्रीले कुलमानको कामलाई सरकारको विशेषतासँग पनि जोड्न भ्याए । दाहालले भने, ‘यो सरकारको विशेषता देश उज्यालो बनाउने र लोडसेडिङ अन्य गर्ने नै हो । जसको वातावरण कुलमान जी ले बनाउनु भो । सरकारकोतर्फबाट पनि उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

नेपाल जलविद्युत र पर्यटनमा अथाह सम्भावना बोकेको मुलूक हो । लोडसेडिङको अन्त्य र विद्युतीकरण गरेर मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने मेरो सोच हो, प्रधानमन्त्रीले भने । जिम्मेवारी पाए यो जात त्यो जात भन्ने हुँदैन । जुनसुकै जाति र समुदायको व्यक्तिले पनि गरेर देखाउन सक्छ भन्ने कुरा तामाङको छोरो कुलमानजीले प्रमाणित गरेर देखाउनुभएको छ ।

नेपाल टेलिकममा पनि कुलमानको जस्तै काम देख्न पाऊँ
प्रधानमन्त्री दाहालले आफुहरुकै संघर्ष र आशिर्वादले आदिवासी जनतातीले अवसर पाएको छनक दिँदै नेपाल टेलिकममा पनि यस्तै काम हुनु पर्ने बताए । दाहालले भने, ‘नेपाल टेलिकमको एमडीमा पनि मैले नेवार एक जना महिलालाई नियुक्त गरेको छु । उहाले पनि त्यसरी नै उत्पीडित समुदायको भावनालाई समेटेर त्यो क्षेत्रमा पनि प्रगति गर्नु हुनेछ ।’

दाहालले अगाडि भने, ‘यसो भनिरहँदा मलाई के सम्झना आउँछ भने संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेसँगै अहिले नेपालमा राष्ट्रपति एक जना महिला हुनुहुन्छ । उपराष्ट्रपति आदीवासी जनजातीकै छोरो जसले लडाइँमा ठूलो नेतृत्व सम्हाल्यो त्यस्तो व्यक्ति बन्नु भएको छ । सभामुखमा आदिवासी जनजाति समुदायकै एक महिला हुनुहुन्छ । प्रधानन्यायाधीश पनि एक जना महिला हुनुहुन्छ ।’ यो एउटा विचित्रको संयोग भन्नु पर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ