arrow

‘प्रचण्डको ताली र सीठ्ठी खाने वाक्कला’, ठूलो पदमा रहेका सबै भाषण मसला

राष्ट्रपतिलाई प्रस्ताव गर्ने म नै परेछु, प्रधानन्यायाधीश मेरै पालामा न्यायाधीश नियुक्त हुनु भएछ

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
PM-TAMANG-LOSHAR-,,.jpeg

काठमाडौं । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल विलक्षण प्रतिभाका धनी हुनुहुन्छ ।’ यो मधेसी मोर्चाका नेताले भन्ने गरेको पंक्ति हो । शनिबार तामाङ समुदायको सोनाम ल्होसारमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले ताली र सीठ्ठी खान वाक्कला अपनाए । सोनाम ल्होसारको शुभकामना लगत्तै प्रधानमन्त्री दाहालले संविधान निर्माणको सर्वस्वीकार्यतालाई जोड्दै सबै जात जाति भाषा भाषाीको पहिचानका लागि मैले संविधान संशोधन प्रस्ताव अघि बढाएको छु,– भने ।

जहाँ तामाङ समुदायको पहिचान दिलाउने आश्वासन पनि प्रधानमन्त्रीले बाँडे । संविधानमा सीमाहरु छन्, कमिहरु छन्,  प्रधानमन्त्रीले भने, ‘संविधान जारी गरेकै बेला हामीले यो गतिशील भएका कारण निरन्तर परिमार्जित हुन्छ भनेका थियौं । अब पनि आदिवासी जनजाति, मधेसी सबैको पहिचान झल्कने गरी संविधान संशोधन हुन्छ ।’ तालिको फोहर छुट्यो । सीठ्ठी हान्नेले पनि मौका छोपे ।

प्रधानमन्त्रीको भाषण कलाको मसला प्रधानमन्यायाधीश सुशीला कार्की पनि भइन् । प्रधानमन्त्री दाहालले भने, ‘यो कस्तो विचित्रको संयोग । प्रधानन्यायाधीश पनि म नै प्रधानमन्त्री भएको बेला न्यायाधीश नियुक्ति हुनु भएछ । राष्ट्रपति, उपराष्ट्रपति जीलाई प्रस्ताव गर्ने भित्र पनि म नै परेछु । सभामुखलाई प्रस्ताव गर्ने पनि म नै परेछु ।’ यति भन्दा तालि बजेको थिएन । केही बेर रोकिएर बल दिँदै प्रधानमन्त्रीले भने, ‘कुलमानलाई प्रस्ताव गर्ने पनि मनै परेछु ।’ यत्ति भन्दा तालिको फोहरा छुट्यो । ता कि केही बेर प्रधानमन्त्रीको बोली नै रोकियो । पछि दाहालले भने, ‘अब यसलाई संस्थागत गरेर अगाडि बढाउने तिर मेरो ध्यान छ ।’

भाषणको मसला बाबुराम पनि
प्रधानबन्त्री दाहालले भने, ‘तपाईहरुको विशाल समारोहमा सरकार प्रमुखको हैसियतले अहिले उभिएर कुरा गर्दै गर्दा भरखरै बाबुराम भट्टराई जीले भन्या जस्तो अफ्ठ्याराहरु छन् । सजिलो छैन ।’ थोरै दायाँ रड्किँदा पनि खुकुरीकै धार, बाँया पनि खुकुरीकै धार अवश्य छ, प्रधानमन्त्री दाहालले अगाडि भने, ‘नेपालमा एकात्मकताको अन्य र संघात्मकताको स्थापना । निरंकुस राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना । समानुपातिक समावेशीको स्थापना, धर्म निरपेक्षताको स्थापना गर्न हजार नेपाली जनताका छोराछोरीको बलिदानसहितको संघर्ष गर्ने हामी यी सबै चुनौती र दबाबको समाना गर्न तयारछौं । गरिनेछ ।’

नेपाली जनताको हक, अधिकार र मूल पहिचान एवं मुुक्तिका निम्ति संघर्षलाई अन्तिम समयसम्म लैजान प्रतिज्ञारत छौं । दाहालले संविधान कार्यान्वयनका सन्दर्भमा जटिलता रहेको औँल्याउँदै भने, ‘जटिलता र चुनौति भित्रै अवसर पनि हुन्छ । छ पनि ।’ सबै उत्पीडित समुदायको एकता अनिवार्य छ, यहाँ नेर पनि दाहालले भाषण कला नै प्रयोग गरे । सबैको सहयोगको बलमा परिमार्जनसहित संविधान संशोधन गर्दै निर्वाचनमार्फत प्राप्त उपलब्धि संस्थागत गर्नुको विकल्प नेपाली जनतासँग छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ