प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयकमाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
1.4k
Shares
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ।
आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यक्रम छ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभाबाट भएको संशोधनमाथि ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै, आजै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ। उक्त बैठकमा समितिले आफ्नो वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको कार्ययोजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम रहेको छ।