arrow

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्ने भाषा आयोगको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
embossed-number.jpg

काठमाडौँ। भाषा आयोगले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ। नेपालको संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा नेपाली हुने स्पष्ट व्यवस्था रहेको भन्दै आयोगले नम्बर प्लेट अंग्रेजी भाषामा बनाउने व्यवस्थाप्रति आपत्ति जनाएको छ।

आयोगले संविधानले नचिनेको भाषा र लिपिमा नभई देवनागरी लिपिमा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ।

यस विषयमा सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको फैसलालाई पनि आयोगले सन्दर्भ दिएको छ। उक्त फैसलामा संविधानको धारा ७ (३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा सरकारले निर्णय गरेबमोजिम हुने स्पष्ट उल्लेख भएको बताइएको छ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार, आयोगको भदौ १ को निर्णयानुसार देवनागरी लिपिमा विद्युतीय सङ्केत सङ्ख्या राख्न सरकारको पुनः ध्यानाकर्षण गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ