arrow

भक्तपुरमा इन्द्रजात्रा शुरु, टोलटोलमा ठड्याइयो लिङ्गो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
indrajatra-lingo.jpg

भादगाउँ। परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ। जात्रा सुरु भएसँगै भक्तपुरका टोलटोलमा इन्द्रको प्रतीकका रूपमा सानो लिङ्गो (यमोःद्यो) ठड्याइएको छ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार, यो जात्रा देवराज इन्द्रकी आमा वसुन्धराका लागि पारिजातको फूल खोज्न गएका इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पक्राउ गरेपछि देवता र दैत्यबीच भएको युद्धमा देवताको विजय भएको खुसियालीमा मनाउन थालिएको हो।

आज भक्तपुरको इताछेँ, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा र इताछेँ लगायतका टोलहरूमा पूजाआजा गरी ‘यम्वो द्यो’ ठड्याइएको छ। भक्तपुरमा यो जात्रा आठ दिनसम्म मनाइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ