arrow

नेपालमा सूचीकृत नभएका २६ सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
Nepal-Telecom-Authority1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्किृय गराउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।
 
 प्राधिकरणले आज सबै सेवा प्रदायकलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । प्राधिरकणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्टाग्राम, युट्युव, ह्वाटएप, एक्स, लिङ्क्डिन, स्यापच्याट, वीच्याटलगायत विभिन्न सामाजिक सञ्जाललाई नेपालमा निष्किृय बनाउन निर्देशन दिएको हो ।
 
प्राधिकरणको निर्देशनसँगै सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सूचीकृत नभएको सामाजिक सञ्जाल बन्द गरिएको स्पष्ट पारेका छन् ।

२६ सामाजिक सञ्जाल बन्द भने पनि हाम्रोपात्रोले दर्ताका लागि निवेदन दिएपछि सम्भवतः हाम्रोपात्रो बन्द हुनेछैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ