arrow

संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकद्धारा ट्रम्पको आलोचना, विमानस्थलबाटै शरणार्थी पक्राउ

ईरान भन्छ – ‘यो इस्लामिक विश्वको अपमान हो’

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
trump.jpeg
काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाट झण्डै दुई सय शरणार्थीहरु पक्राउ परिसकेका छन् । शुक्रबार ट्रम्पले सिरियाली आप्रवासीलाई अर्को सूचना जारी नभएसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अरु ७ मुस्लिम मुलुक इराक, इरान, लिविया, सोमालिया, सुडान र यमनका नागरिकलाई पनि अमेरिका प्रवेशमा तीन महिनाका लागि रोक लगाइने घोषणा गरेका थिए ।
 
त्यसपछि भने अमेरिकी विमानस्थलहरुमा निकै कडाइ गरिएको छ । धमाधम यात्रुहरुलाई नियन्त्रणमा लिंदै केरकार गर्न थालिएपछि अहिले अमेरिकी विमानस्थलहरुमा भागाभागको स्थिति रहेको छ । 
 
बीबीसीले १०० देखि २०० को संख्यामा विमानस्थलको ट्रान्जिटमा नियन्त्रणमा लिइएको जनाएको छ । केहीलाई नियन्त्रणमा लिंदै छाड्ने गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 
 
न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अपनाएका छन् । 
 
न्यूयोर्ककै सांसद जेरी नैडलरले अरु ११ शरणार्थीको मद्दतका लागि आफूले काम गरिरहेको जानकारी दिएका छन् ।
 
ट्रम्पको यो कदमपछि अमेरिकामा शरणार्थी बनेर बसेकाहरुको अब कन्तविजोग हुने निश्चित छ । त्यसैले पनि अहिले ट्रम्पको आदेशको सर्वत्र विरोध भइरहेको छ । 
 
अमेरिकी आदेशको संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकहरुले समेत आलोचना गरेका छन् । 
 
इस्लामिक मुलुकहरु पनि अमेरिकी नीतिप्रति क्रुद्ध भएका छन् । ईरानले यो इस्लामिक विश्वको अपमान भएको भन्दै जवाफ फर्काइने र अमेरिकीलाई पनि ईरान आउन नदिने चेतावनी दिएको छ ।
 
अमेरिकाको शिकार हुनेमा एक इरानी वैज्ञानिक पनि परेका छन् । कार्डियोभास्कुलर मेडिसिन सम्बन्धी हवार्ड विश्वविद्यालयमा पढ्दै गरेका उनको भिसा नै निलम्बन गरिएको छ ।
 
Trump (pictured speaking with Australian Prime Minister Malcolm Turnbull Saturday) made several phone calls with world leaders from Japan, Germany, Russia and France while the crisis unfolded
The president (pictured Saturday) denied that his executive order, which bars refugees and citizens of seven predominantly Muslim countries from entering the US, was a Muslim ban
The massive demonstration carried on through Saturday evening as 11 out of 12 refugees remained held at  JFK airport
The protest followed Trump's executive order barring refugees and citizens from seven countries from entering the US
Port Authority Police Department blocked an entrance as protesters gathered outside Terminal 4 at JFK airport
Protesters held a massive rally at New York City's JFK airport Saturday after 12 refugees were detained due to the ban
The protest at John F Kennedy International Airport carried on through Saturday as 11 out of 12 people remained detained
J'accuse: One protester held a sign reading: 'Trump is the terrorist' while another proclaimed: 'This is not how to defeat ISIS!'
A sea of protesters gathered outside of Terminal 4 of JFK after people from Muslim countries were detained at border control



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ