arrow

उद्योग वाणिज्य संघ कञ्चनपुरको उपाध्यक्षमा कार्की विजयी अन्य पदको मतगणना जारी

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
kanchanpur.jpeg.jpeg
ईश्वर दत्त बडू , कञ्चनपुर ।  कञ्चनपुर उद्योग वाणिज्य संघको १५ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा उद्योग उपाध्यक्षमा तेज सिह कार्की विजयी भएका छन् । कार्कीले आफ्ना प्रत्यासी हेमराज जोशीलाई ९३ मतले पछ्याउदै उद्योग उपाध्यक्षमा विजयी भएका हुन् । उद्योग तर्फका कुल ६६० मत मध्ये कार्कीले ३५६ र जोशीले २६३ मत ल्याएको थिए । 
 
मंगलबार जारी मत गणना अनुसार कार्की उद्योग उपाध्यक्षमा विजयी भए । अध्यक्षका उमेद्बार गणेश दत्त जोशी प्यानलबाट चुनावी मैदानमा उत्रेका कार्की विजयी भएपछि उनका सहकर्मीहरुले बधाई दिईरहेका छन् । कार्कीले उद्योग क्षेत्रको सुधारका लागि आफुले उद्योग उपाध्यक्षमा उमेद्बारी दिएको बताउदै, औद्योगिक विकास गर्ने प्रतिबद्ध जाहेर गर्नुभयो । 
 
कञ्चनपुर उद्योग वाणिज्य संघको १५औँ कार्यकारी समितिको चयनका लागि भएको निर्वाचन परिमाण मत गणना जारी छ । आज मात्रै सबै पदाधिकारीहरुको मत परिमाण आउने छ । सोमबार भएको निर्वाचनमा कुल दुई हजार २६९मत मध्ये दुई हजार १५५ मत खसेका थिए । अध्यक्षमा गणेश दत्त जोशी र सुरेश रावलले छुट्टा छुट्टै प्यानल र सञ्जिवचन्द्र भट्टले एक्लै चुनाव लडेका थिए । त्यसैगरी वाणिज्य उपाध्यक्षमा २ जनाको उमेद्वारी रहेको थियो भने महासचिवमा पनि २ जनाकै उमेद्वारी रहेको थियो । 
 
कोषाध्यक्षमा भने ३ जना उमेद्वारी दिएका थिए भने ७ सदस्यका लागि १९ जनाको उमेद्वारी परेको थियो । जसमध्ये २ जना महिलाले समेत सदस्य पदमा उमेद्वारी दिएका थिए । मत गणनाको परिणाम भोली विहानसम्म सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले जानकारी दिनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ