arrow

क्यानडामा बेरोजगारी दर सन् २०१६ पछिकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २२ आइतबार
canada hot.jpg

काठमाडौँ । क्यानडाको तथ्याङ्क एजेन्सीले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार, अगस्त महिनामा क्यानडाको बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ। यो सन् २०१६ को मे महिनापछिको सबैभन्दा उच्च बेरोजगारी दर हो।

जनवरी २०२५ देखि हालसम्म देशको बेरोजगारी दर ०.५ प्रतिशतले बढेको छ। कोरोना महामारीअघि, सन् २०१७ देखि २०१९ को अवधिमा, औसत बेरोजगारी दर ६ प्रतिशतको हाराहारीमा थियो।

अगस्त महिनामा क्यानडामा कुल १.६ लाख मानिस बेरोजगार रहेका छन्, जुन जुलाईको तुलनामा ३४ हजारले बढेको तथ्याङ्कले देखाउँछ।

अगस्त महिनामा क्यानडाका २० प्रमुख महानगर क्षेत्रहरूमध्ये दक्षिणी ओन्टारियोमा सबैभन्दा बढी बेरोजगारी देखिएको छ। तीमध्ये विंडसरमा ११.१ प्रतिशत, ओशावामा ९ प्रतिशत र टोरन्टोमा ८.९ प्रतिशत बेरोजगारी दर रहेको छ।

यस वर्षको सुरुदेखि यी क्षेत्रहरूले अमेरिकी ट्यारिफको कारण आर्थिक अनिश्चितताको सामना गरिरहेका छन्, जसले विशेषगरी मोटर गाडीको निर्यातलाई नराम्ररी प्रभावित पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ