arrow

हेटौंडाकाे सडक विस्तार रोक्न क्षेत्रीय प्रशासक र सहायकमाथि कारबाही !

प्रमुख केसीलार्इ सार्वजनिक खरिद अनुगमनको जिम्मा

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ माघ १६ आइतबार
moha.jpeg
हेटौ‌डा। कानून बमोजिम मकवानपुरको हेटौंडाको सडक फराकिलो पार्ने अभियानमा अडिक रहेर काम गरिररहेका क्षेत्रीय प्रशासक विनोद केसीलार्इ सरुवा गरिएको छ । उनीसँगै सरकारले सहायक प्रमुख विश्वप्रकाश सुवेदीलार्इ पनि सरुवा गरिएको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासकको रुपमा हेटौडामा आएदेखि नै सडक विस्तारको कामलार्इ निडर ढ‌‌‌ंगले अघि बढाइरहेका केसीलार्इ सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंमा सरुवा गरिएको हो । 
 
केसीलाइ सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेसँगै सरकारले शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाको प्रमुखको रुपमा पठाएको छ । सरुवा भएका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी २५ मिटर फराकिलो पार्ने अभियानको  प्रमुख  मानिन्छन् । उनले अडिक रुपमा सडक विस्तारको काम गरेपछि राजनीतिक दबाबको आधारमा उनीमाथि कारबाही गरिएको स्रोतको दाबी छ । 
 
यसैबीच निवर्तमान प्रमुख केसीले यो नियमित प्रक्रिया रहेको भन्दै जो आएपनि सडक विस्तारको काम नरोकिने बताएका छन् । सरुवाको खबर पाएपछि हाम्राकुरासँग कुराकानी गर्दै केसीले यस्तो बताएका हुन् । यद्यपि उनले अहिलेसम्म सरुवाकाे पत्र भने नपाएकाे बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ