arrow

नेविसंघ कपिलवस्तुमा विवाद

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
nsusss.jpeg
कपिलवस्तु ।  नेपाल विद्यार्थी संघ कपिलवस्तुमा विवाद सिर्जना भएको छ । ने वि संघले यही माघ १२ गते बसेको बैठकले एकलौटी र मनोमानी तवरले विभिन्न निर्णय गरेको विरुद्धमा अर्को पक्षले विरोध जनाएको छ । 
 
ने वि सघ जिल्ला सचिव तथा क्षेत्रिय सभापतिहरुको अनुपस्थितीमा आगानी स्ववियु निर्वाचमा क्याम्पसमा प्रतिनिधी पठाउने विषयमा एकलौटी र एक पक्षिय  निर्णय गरेकोमा चर्को विरोध आएको छ । सोही विषयलाई लिएर ने वि संघ जिल्ला सचिव सरस्वती वेल्वासेले एक प्रेस विज्ञप्ती जारी गर्दै त्यो निर्णय फिर्ता लिन आग्रह गरेकी छन् यदी सो आग्रह नमानेमा जिल्लाका सबै क्याम्पसहरुमा समानान्तर समिति गठन गर्ने चेतावनी समेत दिइएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ