arrow

जेनजीको आन्दोलन उग्र, संसद भवनको गेटमा लगाइएको आगो फैलियो, गोली प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
tear-gas-82-5-23yy.jpg

काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलन उग्र बनेसँगै नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । साथै गोलीसमेत हानिएको छ । 

भ्रष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन रबरको गोली चलाएको छ। गोली लागेर एक पत्रकारसहित चार जना घाइते भएका छन्।

घाइते हुनेमा कान्तिपुरका सञ्चारकर्मीसहित तीन जना विद्यार्थी रहेका छन्। घटनापछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।

माइतीघर मण्डलाबाट प्रदर्शन गरी जेनजी पुस्ता नयाँ बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै संसद् भवन परिसरमा प्रवेशमात्र गरेको छैन संसद् भवनको गेटमै आगो लगाएको छ । 

योसँगै प्रहरीले हवाई फायर गरेको हो । दमकल अगाडि जान नसकेपछि आगो फैलिएको हो । 

यता, जेन्जी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै तत्कालै सबैलाई फर्किन आह्वान गरेको छ । 

जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँमा कर्फ्यु जारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु बानेश्वर क्षेत्रमा लगाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ