arrow

माधव घिमिरे र केपी ओलीले माइतीघरमा गएर फहराए नेपालको झण्डा

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
Flag_nepal.jpeg
काठमाडाै‌ । शहीद दिवसको अवसरमा राष्ट्रकवि माधव घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको माईतीघरमा नेपालको झण्डा फहराएका छन् । आइतबार माइतीघरमा भेला भएका समर्थकहरुकाबीच ओली र घिमिरेले झण्डा फहराएका हुन् । 
 
नेपाली राष्ट्रिय देशभक्त युवा समाजको आयोजनामा तयार पारिएको उक्त झण्डा १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको बताईएको छ । उक्त राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ । आज फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी पनि आयोजकले गरेको छ । 
 
कार्यक्रममा बोल्दै राष्ट्रकवि  घिमिरेले राष्ट्रियताको भावना युवाहरुमा पाउँदा आफू हर्सित भएको बताए । कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव देशको हितमा नरहेको दाबी गर्दै देश जोगाउनको लागि  आफूहरुले संशोधनको समर्थन नरहेको बताए । उनले अहिलेको आवश्यकता  चुनाव भएको बताउँदै चुनावको मिति घोषणा गर्न्तिर सरकार लाग्नुपर्नेमा जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ