arrow

ट्रम्पले चाले नयाँ कदम : प्रवेश निषेधका बारेमा तीन देशका नेतासँग बार्ता गर्ने

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरव र युएइका नेतासँग मुस्लीम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन बार्ता गर्ने भएका छन् । केही देशका मुस्लीमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लीम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन् । 
 
ट्रम्पले दक्षिण कोरियाका कार्यवहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले निकालेको विज्ञप्तीमा उनी सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ । 
 
यही जनवरी २० देखि अमेरिकाको राष्ट्रपतिको जिम्मेबारी लिका ट्रम्पले सबैभन्दा पहिला साउदी अरवका राजा सलामनसँग कुराकानी गर्ने छन् । त्यसपछि उनले युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन बार्ता गर्ने कार्यतालिका रहेको छ । 
 
अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरव र युएइ कुनै देश पर्दैनन् । ट्रम्पले इरान, ईराक, लिविया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ