रामेछाप कारागारमा गोली चल्दा तीन कैदीबन्दीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
886
Shares
रामेछाप। रामेछापस्थित जिल्ला कारागारमा कैदीबन्दीहरू भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
बिहीबार बिहान कारागारमा तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ।
हाल ३३४ जना कैदीबन्दी रहेको उक्त कारागारलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।