सैन्य मुख्यालयमा जेन–जीसँग वार्ता, दुर्गा प्रसाईंलाई बाहिर निकाल्न जेन–जी युवाहरूको माग
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
6.2k
Shares
काठमाडौँ । सैन्य मुख्यालयमा प्रधान सेनापति अशोकराज सिग्देलले जेन–जी समूहसँग वार्ता गरिरहेका छन् । यो वार्तामा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि सहभागी रहेका छन् ।
उनी जंगी अड्डामा रहेसँगै सैन्य मुख्यालय बाहिर सुन्धारा अगाडि जेन–जी युवाहरु भेला भएर दुर्गा प्रसाईंलाई बाहिर निकाल्न माग गरेका छन् ।
सेनाले लगाएको निषेधाज्ञा तोड्दै युवाहरु त्यहाँ पुगेका हुन् । दुर्गा प्रसाईंले बुधबारमात्रै प्रधान सेनापतिसँगको तस्बिर सार्वजनिक गर्दै आगामी बाटोका बारेमा लामो कुराकानी भएको बताएका थिए ।
यता जेन–जी पुस्ताले उनलाई अस्वीकार गरिरहेको छ । जेन–जी पुस्ताको मागअनुसार छिटो अन्तरिम सरकार गठन गर्नुपर्ने भन्दै भीड बढेको छ ।
त्यहाँ अधिकांशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् भने केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन् ।
कसैले बालेन, कसैले कुलमान घिसिङ लगायत अगाडि आउनु पर्ने माग गरिरहँदा दुर्गा प्रसाईंको पक्षमा भने कोही नभएकाले तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरेका हुन् ।
सेनाले भने उनीहरुलाई बचाउन केपी ओली र शेरबहादुर देउवा नआउने भन्दै आफूहरुले नै सुरक्षा दिने भएकाले भीड नगर्न चेतावनी दिएको छ ।