arrow

पाकिस्तानमा स्थगित भएको सार्क सम्मेलन गर्न नेपालमा बैठक बस्दै

फेब्रुअरी १ र २ मा बैठक बस्ने तयारी

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
saarc-logo.jpg.jpeg
काठमाडौं । केही महिना अघि पाकिस्तानमा आयोजना गर्न लागिएपनि स्थगित भएको सार्क शिखर सम्मेलन गर्नको लागि नेपालमा बैठक गर्ने तयारी भईरहेको छ । सार्क सचिवालयले दिएको जानकारी अनुसार यसै साता बैठक बोलाउने तयारी भईरहेको छ । 
 
बैंठक १ र २ तारिकको दिन काठमाडौंमा आयोजना गर्ने तयारी भईरहेको छ । २०१६ को नोभेम्बरमा इस्लामाबादमा आयोजना गर्न लागिएको बैठक भारत सहभागी हुन नमानेपछि स्थगित भएको थियो । भारतले इस्लामाबादमा सम्मेलन गर्न नमानेपछि लगत्तै भुटान, माल्दिभ्स लगायतले पनि सम्मेलनमा सहभागी नहुने बताएका थिए । 
 
९ र १० नोभेम्बरको लागि बोलाईएको बैठक बंगलादेश सहित ४ देशले सार्न प्रस्ताव गरेपछि अहिले अध्यक्षता गरिररहेको नेपालले पनि तत्कालका लागि सो सम्मेलन स्थगित गरी अहिले पहिलो पटक बैठक बोलाएको हो । बैठकले सम्मेलनको बारेमा विभिन्न निर्णय गर्ने सचिवालयले जनाएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ