नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
806
Shares
तस्बिर : फाइल
काठमाडौँ। संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रवार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै यहाँ स्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो।
बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जबाफदेहिता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ।