arrow

कार्की प्रधानमन्त्री: नेपाली महिलामात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
indira-rana-new.jpg

काठमाडौँ । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छन् ।

 

 

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै रानाले शुभकामना दिँदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताएकी छन् ।

नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरेको कार्कीको सङ्घर्ष, इमानदारिता र निष्पक्ष योगदानको उनले प्रशंसा गरेकी छन् ।

बधाई सन्देशमा भनिएको छ, “महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशिता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।”

 

उनले कलिला बालबालिकाको बलिदानबाट आफूहरू हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताएकी छन् ।

पूर्व उपसभामुख रानाले हजारौँ आमाहरू रोए पनि महिलाको एउटा इतिहास कोरिएकामा खुसी व्यक्त गरेकी छन् ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ