पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ ८ मा आफ्नै साथीले एक ब्यक्तिको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ ५ का १९ वर्षिय अजय राई रहेका छन् ।
आइतबार बेलुका प्राङबुङ ८ मा रहेको स्थानिय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरी झगडा गर्दा उनका साथी सुरेन मगरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गम्भिर घाईते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिए ।