arrow

हेटौंडाबासीको विरोध थाम्न सकेनन् मन्त्री लेखकले, रोके सडक विस्तारको काम

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
Minister-Lekhak.jpeg
हेटौंडा । लामो समयको स्थानीयको आन्दोलनपछि हेटौडामा सडक विस्तारको काम रोकिएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयको आयोजनामा २५ मिटर सडक विस्तारका लागि आयोजना गरिएको छलफल कार्यक्रममा तत्कालको लागि विस्तारको काम रोक्ने निर्णय गरिएको उद्योग वाणिज्य स‌ंघ मकवानपुरले जनाएको छ । 
 
सोमबार मकवानपुरका सांसदसहितको टोलीले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकसँग संयुक्त रुपमा छलफल गरेर यस्तो निर्णय गरेको हो । छलफलले २५ मिटर सडक विस्तारको विषयमा अध्ययन अनुसन्धान गर्न गठित विशेष कार्यदलले हेटौंडाको समस्याको उचित सम्बोधन गर्न सबै सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी प्रतिवेदन बुझाउने र सोपश्चात मात्र आवश्यक निर्णय लिने निर्णय गरेको छ । 
 
हाललाई २५ मिटर सडक विस्तारको कार्य स्थगन गरी उक्त प्रतिवेदन आएपश्चात मात्र अन्य कार्य अघि बढाउने सहमति पनि बनेको छ । 
 
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्र बानियाँ, सांसद महालक्ष्मी डिना उपाध्याय, अनन्त पौडेल, सुभाषचन्द्र ठकुरी, रामनारायण विडारी, मउवासंघका अध्यक्ष राजकुमार न्यौपाने, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, हेटौंडा बसोबास संरक्षण समितिका संस्थापक संयोजक तथा पूर्वअध्यक्ष उत्तमशर्मा ढकाल, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, संघका सल्लाहकार विजेन्द्र अग्रवाल, संरक्षण समितिका सदस्य रमेश बज्राचार्यसहितको छलफल कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख, कानून विभागका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ