arrow

उमेर हद तोकेको झोंकमा नेविसंघले गर्‍यो क्याम्पस प्रमुखको कोठामा तालाबन्दी

logo
प्रकाशित २०७३ माघ १७ सोमबार
nebisangha-300x155.jpg.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले उमेरको हदबन्दी तोकेर स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन गर्न लागेकोको विरुद्धमा सोमबार उपत्यकाका अधिकांश क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

नेविसङ्घ काठमाडौँ शाखाका अध्यक्ष मनोज वैद्यको नेतृत्वमा गएको टोलीले उपत्यकाका पशुपति, सरस्वती, पब्लिक युथ, त्रिचन्द्र, पाटन, शङ्करदेव, मीनभवन लगायतका एक दर्जनभन्दा बढी क्याम्पसका क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेको हो ।

अध्यक्ष वैद्यले लामो समयदेखि स्ववियु निर्वाचन हुने आशमा बसेका विद्यार्थीको भावनालाई त्रिभुवन विश्वविद्यालयले बेवास्ता गरेर निर्वाचनको कार्यतालिका निकालेको विरोधमा आफूहरु तालाबन्दी गर्न बाध्य भएको बताए ।

उनले भने, ‘२८ वर्ष काटेका व्यक्ति विद्यार्थी हुन नपाउने ?’ नेविसङ्घ केन्द्रीय समितिले विद्यार्थीको उमेर हदलाई कुल्चेर अगाडि बढेमा या त्रिभुवन विश्वविद्यालयले बेवास्था गरेमा नेविसङ्घ केन्द्रीय कार्यालय र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा समेत घेराउ गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ