arrow

ट्रम्पको आप्रवासी नीतिको अमेरिकी न्याय विभाग नै विरोधमा, प्रतिरक्षा नगर्ने निर्णय

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
Trumps.jpeg
काठमाडौं । दिनानुदिन विवादमा फस्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अब न्याय विभाग पनि पछाडि हटेको छ । निमित्त महान्यायाधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा न्याय विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गरेका हुन् ।
 
निवर्तमान राष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका याटेसले मातहतका कर्मचारीका नाममा निकालेको विज्ञप्तिमा आफूहरु ट्रम्पको तर्कसँग सहमत हुन नसकेको बताएका हुन् ।
 
राष्ट्रपति ट्रम्पले भने आफूलाई असहयोग गर्ने याटेसलाई अपदस्थ गर्न सक्ने आशंका बढेर गएको छ ।
 
राष्ट्रपतिको पदभार ग्रहण गरेको १० दिनमै ट्रम्पका पक्ष र विपक्षमा मत चुलिएको छ । विश्वका विभिन्न देशमा रहेका सयौं अमेरिकी कूटनीतिज्ञले ट्रम्पको शरणार्थीमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्ने तयारी गरेका छन् ।
 
विभिन्न सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णयको अमेरिकी कूटनीतिज्ञले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेको जनाइएको छ । 
 
अमेरिका पनि उनीविरुद्धका नाराहरु घन्किरहेका छन् । पछिल्लो समय पाकिस्तानीलाईसमेत अमेरिका प्रवेशमा प्रतिवन्ध लगाउन सक्ने अनुमानसमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ