arrow

खरानीबाट उठेर कामलाई व्यवस्थित गर्दै हेटौँडा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
hetuda-lama.jpg

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने बताएकी छन् । 

नगरको अनुगमनका क्रममा प्रमुख लामाले सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् । 

प्रमुख लामाले खरानीबाट उठेर कामलाई व्यवस्थित गर्दै संरचनागत विकासमा लाग्नु अहिलेको आवश्यकता रहेको बताइन् । 

नगरको समग्र सेवा प्रवाहलाई आधुनिक र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रहसमेत गरिन् । 

उनले नगरवासीलाई समयमै सेवा उपलब्ध गराउने र नगरको विकासलाई दिगो तथा योजनाबद्ध बनाउनेतर्फ प्राथमिकता दिने स्पष्ट पारिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ