arrow

राष्ट्र पुनःनिर्माणका लागि दिव्यमणी राजभण्डारीले ५१ लाख सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
divyamani-rajbhandari-parliament-2079-03-07.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद एवं सामाजिक व्यक्तित्व दिव्यमणी राजभण्डारीले राष्ट्र पुनःनिर्माणका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । 

उनले सामाजिक सञ्जालमा सहयोगको प्रतिबद्धता जनाएका हुन् । राजभण्डारीले जेन–जी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । 

जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण राज्यको खर्बौं रुपैयाँको नोक्सानी भएको थियो । 

हालको अन्तरिम सरकारले देश पुननिर्माणका लागि सहयोगी हातहरू खोजिरहेका बेलामा राजभण्डारीले ५१ लाख सहयोग गर्ने घोषणा गरेका हुन् । 

सांसद भएपछि व्यापारबाट संन्यास लिएका राजभण्डारीले यसअघि पनि कोभिडको समयमा र भूकम्पको राष्ट्रिय विपत्तिको बेलामा समेत राष्ट्रिय कोषमा योगदान दिएका थिए। 

यो आन्दोलनबाट भएको क्षति पछिको पुनःनिर्माणमा समेत उनले यो सहयोगको घोषणा गरेर अरुलाई पनि राष्ट्रिय कोषमा योगदान गर्न प्रेरित गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ