arrow

सीमामा पर्खाल लगाउने भारतीय चाहानाबारे के भन्छन् नेपाली सीमाविद् ?

के–के छन् फाईदा र घाटा ?

logo
प्रकाशित २०७३ माघ १८ मंगलबार
India_Ban_borDer.jpeg
काठमाडौं । गत शनिबार भारतीय अनलाईन पत्रिका नवभारत टाईम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको बीचमा पर्खाल लगाउने बताएसँगै भारतमा पनि आफ्नो सीमामा पर्खाल लगाउनुपर्ने माग उठेको थियो । उक्त समाचार आएसँगै भारतमा पनि अबैध घुसपेठ रोक्नको लागि पर्खाल लगाउनुपर्ने विषयले प्राथमिकता पाएको हो । 
 
विशेषगरी भारतको टाउको दुखाई भनेको नेपाल भन्दा पनि पाकिस्तान र चीन हो । उसले लगाउने पर्खाल नेपालको सीमामा लगाउँदा त उसलाई नै बढी नोक्सानी हुन सक्छ । तर, नेपाली विज्ञहरुले भने यसलाई नेपालको फाईदाको विषय भनेर विश्लेषण गर्ने गरेका छन् । 
 
यस क्षेत्रका जानकारहरुले नेपाल र भारतकोबीचमा पर्खाल लगाउने हो भने नेपाललाई नोक्सान भन्दा फाईदा नै बढी हुने धारणा राख्ने गरेका छन् । यद्यपि यसले नोक्सान नै नगराउने भने होईन । 
 
नेपाल र भारतबीच पूर्व, पश्चिम र दक्षिणमा गरी कूल १७ सय किलोमिटर सीमाना जोडिएको उक्त अनलाईनले उल्लेख गरेको छ । यद्यपि सीमाविद् वुद्धिनारायण श्रेष्ठले भने नेपाल र भारतबीच १८ सय ८० मिटरको सीमा रहेको बताएका छन् । यो क्षेत्रमा पुरै काँडे तार लगाउने वा वा पर्खाल नै किन नहोस् । सीमानालाई कुनैपनि माध्यमले छेक्दा हुने क्षतिलाई हामीले ३ किसिममा विभाजन गर्दा धेरै हदसम्म फाईदा हुने जानकारहरुको बुझाई रहेको छ । 
 
सीमाविद् श्रेष्ठका अनुसार सीमाना छेक्दा सामाजिक, आर्थिक र वातावरणीय रुपमा फाईदा र घाटा हुने गरेको छ । सामाजिक रुपमा हेर्दा भारतीय सीमाका भूमी कब्जा हुने जस्ता विषयहरुमा नेपाललाई फाइदा हुने मात्रै होईन । भारतीयहरुको दबाबमा परेका नेपालीहरु र भारतीय पक्षको हेपाहा प्रवृत्तिबाट नेपालीहरुले मुक्ति पाउनसक्छन् भन्ने पनि एक पक्षको तर्क रहेको छ । 
 
त्यस्तै सामाजिक फाइदाहरुमा नेपालमा आएर भारतीय पक्षले गर्नै आपराधिक गतिविधि र लुक्नको लागि भारत जाने परिपाटी पनि सीमानामा लगाईने बन्देजले अन्त्य गर्ने तर्क उनीहरुको रहेको छ । तर, रोटीबेटीको सम्बन्ध रहेको भनिने दुई देशीय नाता सम्बन्धको भेटघाटमा पार्ने समस्यालाई भने पक्कै पनि नोक्सानीको रुपमा लिन सकिन्छ । 
 
त्यस्तै, आर्थिक रुपमा पनि नेपालले धेरै फाइदा उठाउन सक्ने जानकारहरुको दाबी छ । अबैध रुपमा आउने सामान नियन्त्रण गर्न सकेमात्रै पनि नेपाली अर्थतन्त्रमा धेरै राजश्व संकलन हुने दाबी आर्थिक क्षेत्रको रहेको छ । 
 
तर, वातावरणीय रुपमा भने केही नोक्सानी हुनसक्ने बताईएको छ । वातावरणीय रुपमा नेपाल र भारतबीच सीमा जोडिएका धेरै जंगलहरुमा रहेको जंगली जनावरहरु नेपाल र भारतलाई समेत साझा भूमि मानेर आवत जावत गरिरहेको पाईन्छ । तर, बीचमा सीमा बन्देज गरिदिँदा उनीहरुको स्वतन्त्र जीवनमा केही असर पर्नै तर्क पनि आउने गरेको छ । यद्यपि वातावरणीय रुपमा बाहेक अन्य विषयमा फाइदा नै धेरै हुने तर्क जानकारहरुको छ । 
 
उनले अब्दुल करिम, यासिम भड्कल जस्ता अपराधीहरु पनि भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने अवस्था रहेकोले यस्तो रोक्नको लागि पनि सीमामा बार लगाउनु आवश्यक रहेको बताउँदै श्रेष्ठले भने अमेरिका र क्यानडाकोबीचमा पनि खुल्ला सीमानामा बार रहेको भएपनि निश्चित ठाउँमा आवतजावत गर्ने स्थान रहेकोले नेपालमा पनि रहेको कूल सीमाना मध्ये बढीमा ५ किलोमिटरको दूरीमा पर्नै गरी ३ सय ६० वटा आवतजावत केन्द्र भने राख्नुपर्ने तर्क उनले गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ