arrow

राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
National-Identity-Card-of-Nepal_.jpg.jpeg

सिरहा। जेन-जी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशः सञ्चालन हुँदै गएको छ ।

कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः शुरू गरेको छ ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

“केही दिनमा नै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,” प्रमुख खनालले बताए।

यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनः शुरू गरिसकेको थियो ।

सेवा सञ्चालन गर्न कार्यालय मर्मत-सम्भारको काम समेत क्रमशः अगाडि बढाइरहेको छ ।

प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ