arrow

ट्रम्पको हस्तक्षेप सर्वोच्च अदालतमा पनि, तात्तियो डेमोक्रेटिक

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Trumps.jpeg
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतमा पनि हस्तक्षेप बढाएका छन् । उनले नेल गोर्सचलाई सर्वोच्च अदालतमा मनोनयन गरेका छन् । ४९ वर्षीय गोर्सच कोलोराडो राज्यका न्यायाधीश हुन् । 
 
यदि उनी सर्वोच्चमा प्रवेश गरे भने स्वर्गीय न्यायाधीश एन्टोनिन स्कालियाको ठाउँ ओगट्ने छन् । 
 
गोर्सचको मनोनयन भने सिनेटबाट पारित हुनुपर्छ । डेमोक्रेटिक पार्टीका सांसदहरुले भने अति कन्जरभेटिभ भयो भने संसद नै अवरुद्ध गर्ने चेतावनी दिइसकेका छन् । 
 
डेमोक्रेटिकले ट्रम्पले मनोनित गरेका मन्त्रीहरुको मतदान प्रक्रियासमेत अवरुद्ध गरेको छ । मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टेफेन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारी माग्दै डेमोक्रेटिकले मतदान प्रक्रिया बहिष्कार गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ