arrow

छयहत्तर जनाको हत्या संलग्नमा पूर्वराष्ट्रपति दोषी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
Rodrigo-Duterte-philipince.jpg

काठमाडाैँ । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उनलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आइसीसी) का अभियोजनकर्ताले जुलाई ४ मा पेस गरेको १५ पृष्ठ लामो आरोपपत्र सोमबार सार्वजनिक गरिएको हो ।

यसमा डुटेर्टेले ‘कथित लागूऔषध व्यापारी, प्रयोगकर्ता तथा अन्य अपराधीविरुद्ध हत्या र हिंसात्मक कार्य गर्न निर्देशन र अधिकार दिएको’ दाबी गरिएको छ ।

पहिलो अभियोगअनुसार उनले सन् २०१३-२०१६ बीच दाभाओ सहरको मेयर हुँदा १९ जनाको हत्या गराएका थिए ।

दोस्रोमा, सन् २०१६-२०१७ मा राष्ट्रपति हुँदा लक्षित हत्यामा १४ जनाको मृत्यु भएको उल्लेख छ । तेस्रो अभियोगले सन् २०१६-२०१८ बीच ‘निकासी अभियान’ मा ४३ जनाको हत्या भएको दाबी गर्छ ।

डुटेर्टे, उनका वकिल वा परिवारले यी आरोपबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपति रहँदा उनले गैरन्यायिक हत्यालाई अस्वीकार गरे पनि खुलेर लागूऔषध संदिग्धलाई मृत्युदण्ड दिने धम्की दिएका थिए । उनले हिंसात्मक प्रतिरोध गर्नेहरूलाई गोली चलाउन प्रहरीलाई प्रोत्साहन गरेका थिए ।

मार्चमा फिलिपिन्सका अधिकारीले आइसिसीले जारी गरेको वारेन्टमा उनलाई पक्राउ गरी नेदरल्यान्ड्सस्थित आइसीसीको हिरासतमा राखिएको हो ।

उनका समर्थकले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको प्रशासनमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन् ।

उनीहरूको भनाइमा आइसिसीको क्षेत्राधिकार विवादित छ ।

अदालतमा सुनुवाइ मङ्गलबार शुरू हुने तय भए पनि डुटेर्टे मुद्दा चलाउन योग्य छन् कि छैनन् भन्ने वकिलको तर्क मूल्याङ्कन गर्न न्यायाधीशले समय मागेपछि स्थगित गरिएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ