arrow

वसन्त पञ्चमी : प्राणीहरुमा आवाज भर्नेदेखि संसारमा प्रेमको सुरुवातसम्म

सृष्टिकर्ता ब्रह्माले प्राणीमा स्वर भर्न नसकेपछि उत्पत्ति गरेका थिए सरस्वतीको

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
saraswati.jpeg
काठमाडौं । चन्द्रमासको पाँचौ दिन अर्थात् माघ शुक्ल पञ्चमीका दिन बुधबार देशभरका हिन्दूहरुले वसन्त पञ्चमी मनाउँदै छन् । चन्द्रमास अन्तर्गत् चल्ने क्यालेण्डर हिन्दू धर्मको लागि विशेष रहेको छ । 
 
एककातिर सरस्वती पूजा र अर्काे तिर वसन्त पञ्चमीको यो शुभ दिनलाई हामीले अक्षरारम्भ गर्ने शुभ दिनको रुपमा त हेर्ने गरेका छौं । तर, यस महत्वपूर्ण दिनको महत्व अक्षरारम्भको लागि मात्रै विशेष रहेको छैन । यो त जीवित प्राणीहरुको वाणी गरिएको दिन, कामदेवको कामवाणको प्रभावले मावन जीवनमा प्रेम भरिएको दिनको रुपमा पनि लिने गरिएको छ । 
 
विभिन्न पुराण तथा उपनिषद्हरुका अनुसार यस दिन अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीको उदय भएको थियो । सरस्वतीको जन्म पनि भन्ने गरिएको छ । तर, त्यसमा सत्यता रहेको पाईँदैन । 
 
सृष्टि गरिएको पाँच दिनसम्म पनि विश्वका जीवित प्राणीहरुमा कुनै वाणी भर्न सकिएको थिएन । यस्तो अवस्थामा ब्रह्माले विष्णुको प्रार्थना गरे । विष्णुको सुझाव अनुसार संसार सृष्टि भएको पाँच दिन पछि आफ्नो कमण्डलुबाट यही दिन सरस्वतीलाई उत्पत्ति गराएका थिए । सरस्वतीलाई संगीतकी देवी पनि भनिन्छ । यही दिनदेखि सरस्वतीले संगीतको समेत सुरुवात गरेकी थिईन् । 
 
वसन्त पञ्चमीमा जस्ता सुकै काम सुरु गर्नको लागि पनि शुभ मानिन्छ । किनभने माघ महिना नै अन्य महिना भन्दा शुभ महिनाको रुपमा हिन्दूहरुले मान्ने गरेका छन् । 
 
प्रकृति काममय भएको दिन 
 
कामहीन दुनियाँ सरस्वतीको आगमनसँगै संसार काममय बनेको पाईन्छ । हिन्दूहरुले यही दिनदेखि रति काम महोत्सव समेत मनाउने गरेका छन् । यहि दिन कामदेवले कामबाणमार्फत् संसारका मानिसहरुमा एकैपटक प्रेमभाव व्यक्त गराएका थिए । त्यसैले यही दिनलाई हिन्दूहरुले प्रेम दिवसको रुपमा पनि मान्ने गरेका छन् । 
 
त्यसैले वसन्त पञ्चमीको दिन सरस्वती पूजाको लागि मात्रै होईन कि प्राणी विकास तथा प्रेममय सुरुवातको हिसावले पनि महत्व रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ