arrow

एसिया कप

सुपर फोरमा भारत र बंगलादेश भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
india-bangladesh-asia-cup.jpg

काठमाडौं। यूएईमा जारी एसिया कप क्रिकेटको सुपर फोरमा आज (बुधबार) भारत र बंगलादेश आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।

यो खेलको नतिजाले सुपर फोरमा पुग्ने टोलीको टुङ्गो लगाउनेछ। हिजो भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेपछि सुपर फोरमा श्रीलंका अंकबिहीन छ। यद्यपि, श्रीलंकाले भारतसँग अन्तिम खेल खेल्न बाँकी छ।

प्रतियोगितामा सहभागी ८ टोलीमध्ये आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका छन्। अब भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सुपर फोरमा प्रतिस्पर्धा गरिरहेका छन्। सुपर फोरमा शीर्ष दुई स्थानमा रहने टोलीले सेप्टेम्बर २८ मा हुने फाइनल खेल खेल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ