arrow

हिमान्चल प्रदेशदेखि नेपालसम्म आक्रमण गर्ने आईएसको पर्चा पाएपछि भारतभर हंगामा

वासिङमेसिन र टेलिभिजन सेटको प्रयोग गरी नेपालमाथि आक्रमण गर्ने चेतावनी

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
ISIS_threat_nepal.jpeg
काठमाडौं । विभिन्न स्थानमा बम आक्रमण गर्ने आईएसको चेतावनीमूलक पर्चा तथा भित्ते लेखन भेटिएपछि मंगलबार भारतभर हंगामा मच्चिएको छ । यो विषयले विशेषगरी हिमाञ्चल प्रदेश त झनै आतंकित बनेको छ । हिमाञ्चल प्रदेशको सोलान जिल्लाको विभिन्न मन्दिरका भित्ताहरुमा यस्ता पर्चा तथा भित्तेलेखन भेटिएपछि भारतभर मंगलबार त्रास सिर्जना भएको हिन्दूस्तान टाईम्सले जनाएको छ । हिमाञ्चल प्रहरीले यो विषयलाई सामान्य रुपमा लिन नसकिने जनाएको छ । 
 
यस्ता प्रचार तथा भित्ते लेखनहरु हिमाञ्चलको सोलानमा रहेको सबाथु क्यान्टोनमेन्ट क्षेत्र वरपर पाँच स्थानमा भेटिएको हो । जुन सिम्लाबाट ७० किलोमिटर टाढाको दूरीमा रहेको छ । यस्ता प्रचारमध्ये एउटामा हिमाञ्चल प्रदेशदेखि नेपालसम्म विभिन्न वासिङ मेसिन र टेलिभिजन सेटको प्रयोग गरी बम आक्रमण गर्ने चेतावनी दिईएको छ । 
 
यस्ता प्रचार भेटिएपछि प्रहरीले सो क्षेत्रमा बढी सतर्कता अपनाएको जनाएको छ । अतिरिक्त प्रहरी उपरीक्षक मनमोहन सिंहले यसले स्थानीयमा भ्रम जगाएको भएपनि पर्चामा भेटिएजस्तो कुरा भने धेरै टाढा रहेको बताए । उनले यो विषय हलुका रुपमा लिन भने नहुने धारणा पनि व्यक्त गरे । 
 
यो विषयमा न्यायाधीसहरुको टोलीले पनि पाँचवटै स्थानमा पुगेर सबूत संकलन गरिसकेको छ । 
 
सुबाथु क्यान्टोनमेन्टको १५ किलोमिटर दूरीमा रहेको धर्मपुर लगायतका मन्दिरको भित्तामा यस्ता पोस्टरहरु टाँसिएको भेटिएको हो । यस्ता पोस्टरहरुमा आईएस चाँडै आउँदैछ जस्ता आतंकित पार्ने शब्दहरु अंग्रेजी र अरबी भाषामा लेखिएको भेटिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ