arrow

काठमाडौंको धुलो व्यवस्थापनको लागि तात्यो सरकारको उच्च निकाय

सुझाव दिन गठित कार्यदलले सोमबारसम्म प्रतिवेदन बुझाउने

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
Dust_In_KTM.jpeg
काठमाडौं । काठमाडौं उपत्यकामा विद्यमान रहेको धुलो धुवाँको समस्या समाधानको लागि सरकारको उच्च तह नै सक्रिय भएको छ । धुलोधुवाँ नियन्त्रणको लागि सबै विभिन्न मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित बैंठकमा योजना आयोगले नै सक्रियता  देखाएर हो । 
 
गत पौष २८ र २९ गते राष्ट्रिय योजना आयोगमा भएको विभिन्न निकायको बैठकले वातावरण विभागका महानिर्देशकको नेतृत्वमा एउटा विशेष कार्यदल नै गठन गरेर कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर सुझाव माग गरेको छ । वातावरण विभागको संयोजकत्वमा यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरीका समेत प्रतिनिधिहरु सदस्य रहेको उक्त समितिमा स्वतन्त्र विज्ञको रुपमा अरनिको पाण्डे भुषण तुलाधर समेत रहेको वातावरण विभागका महानिर्देशक जगदीशभक्त श्रेष्ठले जानकारी दिए । 
 
गत सोमबार कार्यदलको पहिलो बैठकले मोटामोटी धुलो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा खेस्रा कार्यदल तयार पारेको छ । उक्त प्रतिवेदन आगामी सोमबारसम्म सार्वजनिक गर्ने तयारी भईरहेको पनि महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनले यस्ता सुझावहरु वातावरण विभागले पटकपटक दिँदै आएको भएपनि यस पटक योजना आयोगले नै सक्रियता देखाएर सुझाव माग गरिएकोले यस पठकको सुझाव कार्यान्वयन हुनेमा आशा गर्नसक्ने अवस्था रहेको जानकारी दिए । 
 
उनका अनुसार कार्यदलले कुन् निकायले कस्ता काम गर्न सके अहिलेको अवस्थामा काठमाडौंको धुलो नियन्त्रण गर्न सकिन्छ भन्ने सुझाव दिनुपर्ने भनिएको छ । सो विषयमा कार्यदलले गत सोमबार पनि छलफल गरेको थियो र आगामी शुक्रबार फेरि बैठक बस्ने तयारी गरिरहेको छ । 
 
लामो समयदेखि धुलोको शिकार बनेका काठमाडौंबासीहरुलाई यो समाचारले खुशी त भर्ने नै छ । तर, यसको कार्यान्वयन हुने हो या नहुने भन्ने विषयमा भने कार्यान्वयनको पाटो अझै हेर्नुपर्ने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ