काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले संविधानका श्रस्टा कांग्रेस ,एमाले र माओवादिले सत्ता र प्रतिपक्षको भावना नलिई मधेसी मोर्चालाई समेत विश्वासमा लिएर संविधान कार्यान्वयनमा लाग्नुपर्ने धारणा राखेका छन् ।
एकले अर्कालाई निषेध गरेर समस्या समाधान नहुने भन्दै सबैको सह–अस्तित्व कायम रहने गरी सहमतिपूर्ण निकास निकाल्न सरकार प्रतिवद्ध रहेको समेत मन्त्री केसिको भनाई छ ।
रिपोर्टस क्लबमा आयोजित पुरिचन्द्र देवकोटा लिखित कर्णाली दर्पण पुस्तक बिमोचन समारोहमा मन्त्री केसीले सरकार सहमति जुटाएर जेठको पहिलो साता स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा रहेको समेत स्पष्ट पारे ।
समयमै निर्वाचन नभए त्यसबाट सिर्जना हुने राजनीतिक र संवैधानिक संकटलाइ कसैले पनि नजरअन्दाज गर्ननहुने वताउँदै मन्त्री केसीले कुनै एक पक्षलाई निषेध गरेर गरिने निर्वाचनले सकारात्मक परिणाम दिन नसक्ने आफ्नो स्पष्ट मान्यता रहेको समेत वताए ।
त्यस क्रममा मन्त्री केसीले कर्णालीको एकीकृत विकासमा जोड दिदै कर्णालीका जनताको चाहना र आवश्यकता अनुसार विकास योजनाहरु तय गरिनुपर्ने बताए ।