झोंक चलेपछि गाविस सचिवले कार्यालयको छाप जिविसलाई बुझाइदिए
प्रकाशित २०७३ माघ १९ बुधबार
1.2k
Shares
ताप्लेजुङ । सरकारले भेदभाव गरेको र अवसरमाथि बन्देज लगाएको भन्दै ताप्लेजुङका गाविस सचिवले कामकाज ठप्प पारेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुवाइमा वुधबार दिउँसो गाविसको छाप जिविसमा बुझाई काम ठप्प पारेका हुन् ।
जनप्रतिनिधि नभएको अवस्थामा गाविसको सम्पूर्ण काम गर्ने सचिव नै आन्दोलनमा उत्रिएपछि गाउँबाट धाएर सदरमुकाम आएका सर्वसाधारण मर्कामा परेका छन् । केन्द्रका जिल्ला अध्यक्ष निर्मल शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सङ्घीय, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने कानुन निर्माण गर्दा आफूहरुलाई सहभागी नगराएको आरोप लगाइएको छ । रासस