जेन–जी प्रदर्शनपछि पहिलो पटक एमाले सचिवालय बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
879
Shares
काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक आज आइतबार दिउँसो १ बजे बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ। सचिवालयको यो बैठक हालैको ‘जेन–जी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम बारे विस्तृत छलफल गर्न केन्द्रित हुनेछ। बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
जेन–जी प्रदर्शनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो।