फेरिँदै ग्रामीण समाजको स्वरूप: सहकार्यबाट प्रतिस्पर्धातिर, हराउँदै छिमेकीको आत्मीयता
सम्बन्ध पातलिँदै, धनीलाई मात्र सहयोग गर्ने चलन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
1k
Shares
कैलाली। दशैँ नजिकिएसँगै हिमाली क्षेत्रका किसान तथा व्यापारीहरूले मुस्ताङ र डोल्पाका उच्च भेगबाट च्याङ्ग्रालाई धमाधम बजार झार्न थालेका छन्। करिब दस दिन अगाडिबाटै सुरु भएको यो प्रक्रियामा च्याङ्ग्राका बथानहरू म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याइँदै छन्।
जानकी गाउँपालिकाकी सीता विष्ट लाई विगतमा समाजमा मिलेर काम गरेको, सुखदुःखमा सघाएको र गाईगोरुको अभाव हुँदा खाद्यान्न वा रकम सरसापट गरेको सम्झना छ। उनी भन्छिन्, "हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गथ्र्यौँ।" तर, अहिलेको समाज फेरिएको भन्दै उनले सहयोगको सट्टा प्रतिस्पर्धा चलेको महसुस गरेकि छन्।
सम्बन्ध पातलिँदै, धनीलाई मात्र सहयोग गर्ने चलन
अर्की महिला देवु रावल पनि घर बनाउँदा, खेतीपाती गर्दा मिलेर काम गर्ने छिमेकी बदलिएको बताउँछिन्। आजभोलि कमाइ भएकाहरूले नभएकालाई हेप्ने चलन बढेकोमा उनले चिन्ता व्यक्त गरेकी छन्। "पहिलाका मानिस दयालु, सहयोगी हुन्थे, आजभोलि जो धनी छ, उसैलाई मात्र सहयोग गर्नेहरू भेटिन्छन्," उनले भनिन्।
टीकापुरकी पार्वती गिरीलाई पनि पहिलेकै समाज राम्रो लाग्छ, जहाँ छिमेकमा मिलेर, बाँडीचुडी खाने चलन थियो। उनी विगत सम्झँदै भन्छिन्, "हामी एक घरमा दाल, एक घरमा तरकारी पकाएर छाक टाथ्र्यौँ... आजभोलि पल्लो घरमा मासु पाक्छ, वल्लो घरमा तरकारी हुँदैन, यस्तो समाज राम्रो भयो त ?"
सहयोगको संस्कार जोगाउन आह्वान
बर्दियाका बलिराज बम रोजगारीका लागि बाहिर बस्ने भए पनि छिमेकीबाट भरपुर सहयोग पाएको बताउँदै छिमेकी भनेका समाजका हिम्मत भएको बताएका छन्।
अर्का नागरिक उज्जले तिरुवा मर्दापर्दा छिमेकीको सहयोग लिने र दिने गरिएकोमा, अहिले पनि खाद्यान्न र रकम सरसापट चलिरहेको जानकारी दिए। तर, उनले पहिलेजस्तो आगोपानी सापटी भने नचल्ने उल्लेख गर्दै सहयोग नरहे समाज पनि नरहने बताएका छन्।
टीकापुरकी कौशी परियार ले विगतका छिमेकी सहयोगी भए पनि अहिलेका छिमेकी स्वार्थी भएको महसुस गरेकी छन्। उनले छिमेकीबीच संवादसमेत घटेकोले एकापसमा आत्मीयता बढाउन आवश्यक रहेकोमा जोड दिइन्।
शिक्षक पूर्ण विकले मानिसको समाजसँगको सम्बन्ध पातलिँदै गएकोमा चिन्ता व्यक्त गर्दै सामाजिक सम्बन्ध बढाउन टोल सफा गर्ने, विपन्नलाई राहत दिने, र सांस्कृतिक कार्यक्रम गर्नेजस्ता सामूहिक कार्यमा जोड दिनुपर्ने बताएका छन्।