सल्यानमा फोर्स गाडी दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
876
Shares
काठमाडौं। राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा आज बिहान भएको गाडी दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराहीका लागि आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो।
दुर्घटनामा ज्यान गुमाउने तीनै जना रुकुम पश्चिमको बाफीकोट गाउँपालिका-५ का हुन्। मृत्यु हुनेहरूमा अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन्।
गाडीमा सवार जम्मा पाँच जनामध्ये अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा बाफीकोट गाउँपालिका–५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी रहेका छन्। दुर्घटनाग्रस्त गाडीमा तीन पुरुष र दुई महिला गरी जम्मा पाँच जना सवार थिए।