arrow

हर्क साम्पाङले दिए दल दर्ताको निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
harka-sampang-dharan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

निर्वाचन आयोगका अनुसार दल दर्ताका लागि असोज ७ गते निवेदन परेको थियो । आयोगले दशैँको बिदाअघि कागजातहरू रुजु गर्ने प्रक्रियालाई जारी राखेको थियो । आयोगले दिएको जानकारीअनुसार, सुनुवाइ र प्राविधिक परीक्षणपछि दशैं बिदा सकिएलगत्तै दर्ता प्रक्रिया टुंगिनेछ।

हर्कले ‘श्रम संस्कृति पार्टी’को नाम दिएर आयोगमा निवेदन दिएका हुन् । 

उनी स्थानीय तहको निर्वाचनका स्वतन्त्र उम्मेदवार हुन् । नयाँ पार्टी गठन गर्दै उनले स्थानीय शासनमा देखिएको भ्रष्टाचार, विकासको ढिलासुस्ती, र श्रमिक अधिकारका मुद्दालाई राष्ट्रिय एजेन्डा बनाउने संकेत दिँदै आएका छन् । 

हर्कले जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि आफू पनि अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ आएका थिए । 

जेन–जीले सुशीला कार्कीको नाम फाइनल गरेपछि हर्क सैनिक मुख्यालय जंगी अड्डामा आफ्ना प्रशंसक लिएर गएपछि मुक्कामुक्कीसमेत भएको थियो । 

आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) लेसमेत दल दर्ता गरेर अगाडि बढ्ने तयारी गरेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ