arrow

एसिया कप क्रिकेटको उपाधि भारतलाई, पाकिस्तान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
india-t20-25-9-28.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार राति भएको फाइनलमा पाकिस्तानमाथि ५ विकेटको जित हासिल गर्दै भारतले उपाधि जितेको हो । 

यूएईको दुबईमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनायो । साहिबजादा फर्हानले ५७ तथा फखर जमानले ४८ रन बनाएको इनिङ्समा अन्तिम २० रन जोड्ने क्रममा पाकिस्तानले ७ विकेट गुमाएको थियो । 

कुलदीप यादवले ४ तथा जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २–२ विकेट लिए । 

जवाफमा भारतले १९.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । तिलक बर्माले ५३ बलमा अविजित रहँदै ६९ रन बनाए । शिवम दुबेले २२ बलमा ३३ तथा सन्जु सामसनले २१ बलमा २४ रन जोडे । फहिम अशराफले ३ विकेट लिए । 

भारतले एउटै संस्करणमा पाकिस्तानलाई तीन पटक हराएर उपाधि जितेको हो । 

तिलक वर्मा प्लेयर अफ द फाइनल बने भने अभिषेक शर्मा प्लेयर अफ द सिरिज भए । 

भारतले नवौँ पटक एसिया कप जितेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ