arrow

सञ्चारमन्त्रीका कुरा : राज्यका सूचना गाउँ गाउँसम्म पुग्नु पर्छ

logo
प्रकाशित २०७३ माघ १९ बुधबार
surendra-karki-ram-karki.jpeg

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राज्यका सूचना गाउँ गाउँसम्म पुगेमा मात्र समाज पारदर्शी बन्ने बताएका छन् । राष्ट्रिय सूचना आयोग, प्रेस काउन्सिल नेपाल र मानव अधिकार सञ्चार प्रतिष्ठानले सयुक्त रुपमा आयोजना गरेको ‘सञ्चार माध्ययममा सूचनाको हक’ विषयको कार्यक्रममा मन्त्री कार्कीले राज्यका सबै निकायमा सूचना पहुँच पुर्‍याउनका लागि सूचना लिने र दिने दुवै स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।

राज्यका सूचना पारदर्शी ढङ्गबाट सार्वजनिक गरेका खण्डमा मात्र भ्रष्टाचारमुक्त राष्ट्रको कल्पना गर्न सकिने सरकारका प्रवक्ता कार्कीले बताए । कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आवश्यक सूचना पाउनबाट कुनै पनि नागरिक वञ्चित भएमा आयोगमा उजुरी गर्न अनुरोध गरे ।

आयुक्त किरण पोखरेल र यशोदा तिम्सिनाले नागरिकलाई सूचना लिने प्रक्रिया र त्यसको सदुपयोगका बारेमा जानकारी गराउन आवश्यक रहेको औँल्याए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सूचना प्राप्त गर्न नागरिक स्वयम् जागरुक हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ