बुचारेष्ट । रोमानियाको राजधानी बुचारेष्टमा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका डेढलाख बढी जनता सडकमा उत्रिएका छन् । सरकारले भ्रष्टाचारको आरोपमा जेलमा रहेका थुप्रै सरकारी अधिकारीहरुलाई छाड्ने निर्णय गरेपछि निर्णयको विरोध गर्दै ठूलो संख्यामा जनता सडकमा उत्रिएका हुन् ।
उनीहरुले बुधबार रातिसम्म रर्याली निकाले ।
केही आन्दोलनकारीले प्रहरीमाथिसमेत आक्रमण गरे ।
भीडलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आक्रमणकारीले पनि आक्रमण गरेका हुन् ।
रोमानियामा कम्युनिष्ट सरकारको नेतृत्व प्रधानमन्त्री सोरिन ग्रिन्ड्यानुले गरेका छन् ।