काठमाडौं। नेपाली काँग्रेसका नेता खुमबहादुर खड्कालाई उपचारको लागि सिंगापुर लाने तयारी गरिएको छ । स्वास्थ्यमा देखिएको नियमित समस्याको उपचारका लागि खड्कालाई सिंगापुर लैजान लागिएको उनी निकट स्रोतले जानकारी दिएको हो ।
लामो समयदेखि किड्नीको समस्या रहेका खड्काको किड्नी ट्रान्सप्लान्ट भएदेखि नै औषधि सेवन गरिरहेका छन् । स्वास्थ्यमा थप समस्या नआओस् भन्नको लागि औषधि खाईरहेको भएपनि अहिले भने थप उपचारको लागि सिंगापुर लान लागिएको स्रोतले जानकारी दियो ।
उनको शुक्रबार सिंगापुर तर्फ प्रस्थान गर्ने तयारी भईरहेको छ । उनका साथमा उनकी श्रीमती, चिकित्सक नै रहेकी छोरी र केहि राजनीतिक कार्यकर्ता पनि सँगै जानेछन्। खड्काको उपचारमा सहयोगी रहँदै आएका रमेशजंग रायमाझी पनि उनीसँग जाने बताइएको छ।