arrow

लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी तीन दिन बन्द [सूचनासहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
ndrrma-rastriya-bipad-jokhim.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वर्षाका कारण तीन दिन लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवत जावत बन्द गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार भारी वर्षाको सम्भावना रहेको भन्दै शनिबारदेखि सोमबारसम्म पूर्वमा कोही प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्मका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँबाट भित्रिने–बाहिरिने सवारी तीन दिन सवारी बन्द गरिएको जनाएको छ । 

प्राधिकरणले अत्यावश्यक बाहेकका कुनै पनि सवारी नचलाउनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई सवारी साधन बन्द गर्न र गराउन निरन्तर अनुगमन गर्न पनि निर्देशन दिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ