arrow

कहिल्यै राजनीति नगरेका ‘तेल मालिक’ बने अमेरिकी विदेश मन्त्री

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
reksa-USA.jpeg

एजेन्सी । रेक्स टिलर्सन अमेरिकाको विदेश मन्त्री चुनिएका छन् । नियुक्त गर्न  सीनेटकाे ४३ मत आवश्यक रहेकामा रेक्सले ५६ मत पाए । उनलाई उपराष्ट्रपति माइक पेन्सले ओभल अफिसमा सपथ दिलाए ।

सपथ समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उपस्थित थिए । सपथ लिएपछि रेक्सले भने, ‘राष्ट्रपति मातहत काम गर्दा म सधैँ अमेरिकी नागरिककै हितको प्रतिनिधित्व गर्नेछुँ ।’ टेक्ससमा बस्दै आएका ६४ वर्षीय रेक्स तेल र ग्यासका क्षेत्रमा काम गर्ने कम्पनी एक्सोन मोविलका पूर्व अध्यक्ष हुन् ।

नयाँ विदेश मन्त्रीले यो भन्दा अघि कुनै राजनीतिक पद सम्हालेका छैनन् । उनलाई रुससँगको आफ्नो सम्बन्धलाई लिएर कयौं कष्ट सहनु परेको बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ