arrow

मनाङ-२ को प्रदेश सभाको उपनिर्वाचन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
election-commission.jpg.jpeg

पोखरा । मनाङ-२ मा आगामी कात्तिक १७ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । 

यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसूरमा दोषी ठहर भएपछि उक्त स्थान रिक्त छ ।

पछिल्लो बाढीपहिरो लगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धित कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ